काठमाडौं : एशिया कप ट्वेन्टी ट्वेन्टी महिला क्रिकेट शनिबारदेखि थाइल्यान्डमा सुरु हुँदैछ। प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने छ।
खेल थाइल्यान्डको बैंककस्थित एशिएन इन्स्टिच्यूट अफ टेक्नोलोजीको मैदानमा दिउसो पौने १ बजे सुरु हुनेछ। नेपाल र पाकिस्तानबीच यसअघि दुईपटक मात्रै खेल भएको छ।
सन् २०११ मा भएका दुईवटा ट्वेन्टी ट्वेन्टी खेलमा नेपाल पराजित भएको थियो। आज नेपालको खेल अघि बिहान पौने ९ बजे भारत र बंगलादेश भिड्नेछन्।
आइसीसी महिला विश्वकपको एसियाली छनोटमा दोश्रो हुँदै नेपाल एशिया कपका लागि छनोट भएको हो। प्रतियोगितामा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र थाइल्यान्डसँग नेपालले राउन्ड रोबिन लिगमा प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिता मंसिर १९ सम्म चल्नेछ।
रुबिना क्षेत्रीको कप्तानीमा रहेको नेपाली टोली गत बुधबार त्यसतर्फ प्रस्थान गरेको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।