|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जलविद्युत आयोजनाको पहिलो शेयर आफूले किन्ने बताएका छन्। उनले ३५ दिनभित्र जनताको जलविद्युत आयोजनाको शेयर खुलाइने र त्यसको पहिलो शेयर आफूले किन्ने बताएका हुन्। 

'आजको १५ दिनमा शेयर आवेदन खुल्ने छ', प्रधानमन्त्री ओलीले भने, 'पहिलो शेयर मैले किन्छु। दोस्रो शेयर कसले किन्ने?' सरकारले सोमबारदेखि जनताको जलविद्युत आयोजना शुरू गरेको छ। 

जनताको जलविद्युत आयोजनाले जनताको खल्तीमा भएको पैसा विकास जलविद्युत आयोजनामा खर्च गर्न सहयोग पुर्‍याउने ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुने बताए। उनले जलविद्युत उत्पादन राष्ट्रिय अभियानको रूपमा अघि बढाइएको जानकारी दिए।

जनताको जलविद्युत आयोजनामा एक व्यक्तिले न्यूनतम १० हजारदेखि अधिकतम १० लाख रुपैयाँसम्मको शेयर हाल्न पाउने व्यवस्था गरिएको छ। यसका लागि सरकारले १९ वटा आयोजना छनोट गरेको छ। आवश्‍यक पर्ने ऋणमा सरकारले ५१ प्रतिशत र जनताको तर्फबाट ४९ प्रतिशत शेयर किन्ने योजना ऊर्जा मन्त्रालयको छ।

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.