|

काठमाडौं: चिनियाँ मोबाइल फोन लियागो नेपाली बजारमा भित्रिएको छ। उत्पादन सुरु गरेको २ वर्षमा विश्‍वका २० मुलुकमा बजार विस्तार गरेको लियागो मोबाइल शुक्रबार नेपालमा विशेष कार्यक्रम गरी सार्वजनिक गरिएको हो।

आइतबारदेखि नेपाली बजारमा बिक्री सुरु गर्न थालेको लियागोका लागि नेपालको आधिकारीक विक्रेता जेएसएस ग्रुपका प्रबन्ध निर्देशक मोहन बंशले बताए।

चीनको विश्वप्रख्यात लियागो इन्टरनेशनल कम्पनीले निर्माण गरेको लियागो स्टाइलिस फोनका विभिन्न चार सिरिजका ११ मोडल सार्वजनिक गरिएको छ। नेपाली बजारमा लियागोको न्यूनतम ६ हजारदेखि अधिकतम ५० हजार रुपैयाँ बराबरका मोबाइल नेपाली बजारमा राखिएको छ।

लियागो सस्तो मूल्यमा सबै सुविधा भएको मोबाइल भएको दावी जेएसएस प्रबन्ध निर्देशक बंशको छ। मोबाइल सार्वजनिक कार्यक्रममा लियागो फोनले ओखर फुटाइएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.