जाजरकोट : बाँकेको नेपालगन्जबाट रुकुम पश्चिम राडीबजारतर्फ जाँदै गरेको भे १ ख १३२९ यात्रुबाहक बस भेरी नदीमा खस्दा चार जनाको मृत्यु भएको छ। बिहीबार बेलुका जाजरकोटको भेरी नगरपालिका-१ को खलंगा रिम्ना सडक खण्डको पिपे नजिक बस भेरीमा खसेको हो।
रुकुम प्रहरीका अनुसार ४ जनाको शव निकाली सकेको छ। उद्धारका लागि घटना स्थलमा प्रहरी परिचालन गरिएको छ। घटनास्थलमा रुकुम पश्चिमको चाइना बगरबाट प्रहरी उद्धारका लागि खटिएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए।
अहिलेसम्म उक्त बसमा कति यात्रु थिए भन्ने यकिन हुन सकेको छैन। 'यात्रुबहाक बसमा चलानी पूर्जी हेर्दा ८ जना यात्रु रहेको देखिन्छ', प्रजिअ भने।
तपाईंको ईमेल गोप्य राखिनेछ ।