|

काठमाडौं :  नेपाल चार्टर्ड एकाउन्टेन्ट्सको(आइक्यान) ले चार्टर एकाउन्टेन्ट सदस्यता र चार्टर एकाउन्टेन्सीको नतिजा सार्वजनिक गरेको छ। डिसेम्बर २०१८ मा संचालन गरेको चार्टर एकाउन्टेन्ट सदस्यको परिक्षामा १६ जना पास भएको आइक्यानले जारी गरेको विज्ञयप्तीमा उल्लेख गरिएको छ।

त्यस्तै चार्टर एकाउन्टेन्सी क्याप एक, दुई र तीनको नतिजामा पनि सार्वजनकि भएको छ। जसअनुसार क्याप एक मा एक हजार ७८ परीक्षार्थी मध्ये ६२९ उत्तीर्ण भएका छन्। क्याप दुई मा एक हजार ४१० परीक्षार्थीमध्ये १९५ जना र क्याप तीन मा ५६८ परीक्षार्थीमध्ये ३३ जना पास भएका छन्।

आइक्यानका अनुसार क्याप तीन पास हुने परीक्षार्थी सिए सदिस्यउ पाउनको लागि समेत योग्य हुनेछ। सिए सदस्यता पास र क्याप तीन समेत गरी ४९ जना परीक्षार्थी सदस्यउताको लागि योग्य भएको आइक्यान अध्यक्ष जगनाथ उपाध्यायले बताए।

हेर्नु सदस्यता र तीन तहका परिक्षामा पास विद्यार्थीको नामावली

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.