|

हुम्ला : जिल्लाका व्यापारीहरूले संकलन गरेका जटीवुटी लगातार परेको  हिमपातले भिझाएपछि कुहिने चिन्ता गरेका छन्। भारी हिमपातले सिमकोट लगायतका खुला चउरमा थुपारिएका जडीबुटी भिजेकाे र लामो समयसम्म सुकाउन नसक्दा ठूलो नोक्सानी व्याेहोर्नु परेको व्यापारीहरूले बताए। 

सिमकोट विमानस्थलमा साठी क्विन्टल जटामासी नेपालगन्जमा उडानको लागि राखिएको जडीबुटी व्यापारी रामबहादुर भण्डारीले बताए। उनका अनुसार खरिद गरी ल्याएको र भिजेको जडीबुटी लामो समयसम्म सुकाउन नपाएपछि कुहिन थालेको गुनासो गरे। भिजेको जडीबुटी अब केही दिनभित्र सुकाउन नपाएमा ३६ लाख रुपैयाँ बराबरको घाटा लाग्ने बताए। 

अर्का व्यापारी कल्लाने बुढाले पनि ८० भन्दा बढी क्विन्टल जटामासी सिमकोट विनमास्थमै थन्किएको बताए। जडीबुटी भण्डारण गरिएको स्थानको हिउँ पन्छाए पनि घाम नलाग्दा सुकाउन नपाएका बताए। अहिले सिमकोटमा मात्र नाैसय क्विन्टल भन्दा बढी जटामासी थुपारिएको व्यापारी बुढाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.