|

सुनसरी : धरानमा जारी बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि भिडन्त शनिबार हुँदैछ। उपाधिका आयोजक धरान फुटबल क्लब र क्यामरुनको डाफिन्स फुटबल फेमिली भिड्दै छन्। खेल दिउँसो ३ बजे धरानस्थित प्रादेशिक रंगशालामा हुँदैछ।

शुक्रबारको दोस्रो सेमिफाइनल खेलमा विजयी भएको क्यामरुनी क्लब र बिहीबार भएको पहिलो सेमिफाइनलमा संकटा क्लबलाई पराजित गर्दै धरान फुटबल क्लब फाइनलमा पुगेको हो। खप्तड गोल्डकप खेल्न नेपाल आएको क्यामरुनले जारी सिजनमा पोखराको पोखरा गोल्डकपको उपाधि चुमेको छ। धरान फुटबल क्लब भने १२ वर्षपछि उपाधि होडमा उत्रिएको छ। धरान आठौं संस्करणको उपविजेता हो।

उपाधि बिजेताले आठ लाख र उपविजेताले चार लाख रुपैयाँ पुरस्कार पाउनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.