|

जनकपुरधाम : प्रदेश २ को शनिबार बसेको प्रदेशसभामा बैठकमा नेपाली कांग्रेसले अवरोध जनाएको छ। प्रदेश २ प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वीरगञ्जस्थित बिपी उद्यानको नाममा रहेको जग्गा प्रदेश सरकारले कब्जा गर्न खोजेको भन्दै प्रदेशसभाको बैठक अवरुद्ध गरेको हो।

प्रदेशसभाको बैठकमा कांग्रेसको संसद अवरोधपछि सभामुखले बैठक स्थगित गरेको घोषणा गरे। शनिबार बैठक सुरु हुनेबित्तिकै नेपाली काँग्रेसका कांग्रेसका प्रमुख सचेतक उपेन्द्र प्रसाद कुशवाहाले २०४९ सालमै विश्वेश्वरप्रसाद कोइरालाको नाममा उद्यान सञ्चालन गर्न वीरगन्जमा दिइएको जग्गा प्रदेश सरकारले सहिद स्मृति पार्क निर्माण गर्ने नाममा कब्जा गर्न खोजेको आरोप लगाउँदै त्यसको निर्णय फिर्ता नभए सम्म संसद चल्न नदिने बताए।

सांसद कुशवाहाले छिनाफानो नभएसम्म बैठक स्थगित गर्न माग गरे। त्यसपछि कांग्रेसका प्रदेशसभा सदस्यले उठेर विरोध जनाएपछि सभामुख सरोजकुमार यादवले आगामी फागुन १५ गते दिनको ३ बजे सम्मका लागि बैठक स्थगित गरेको घोषणा गरे। 

बिपी उद्यानका लागि छुट्टयाएको १० बिघा जग्गामा माघ १६ गते प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले शहिद स्मृति पार्क शिलान्यास गरेका थिए। प्रदेश सरकारले सो जग्गा वीरगन्ज महानगरपालिकाको नाममा रहेको र त्यहाँ सहिद स्मृति पार्क निर्माण गर्न इजाजत दिएको दाबी गर्दै आएको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.