|

कालिकोट : जिल्लाका तिलागुफा नगरपालिका, महावै गाउँपालिका, शुभकालिका गाउँपालिका र खाँडाचक्र नगरपालिकाका एक हप्तादेखि मोवाइल सेवा अबरुद्ध भएको हो। गत हप्ता परेको हिमपात र वर्षाका कारणले टेलिफोन टावरहरु बिग्रिएका कारणले मोवाइल सेवा अबरुद्ध भएको हो।

मोवाइल सेवा अबरुद्ध भएका कारणले त्यहाँका बासिन्दाले बाहिर सम्पर्कका लागि जिल्ला सदरमुकाम मान्म र जुम्लाको सदरमुकाम खलंगा जानु पर्ने बाध्यता रहेको छ। एक हप्तादेखि मोवाइल सेवा अबरुद्ध भएका कारणले बाहिरी ठाउँमा कुनै सम्पर्क नहुने र फोन गर्नका लागि जुम्ला सदरमुकाम र कालिकोटको सदरमुकाम मान्ममा जानु पर्ने बाध्यता रहेको तिलागुफा नगरपालिकाका प्रमुख रतनबहादुर शाहीले बताए। ‘करिब एक हप्ताभन्दा बढी समय भयो। यहाँ फोन लाग्दैन।’ उनले भने,‘बाहिर सम्पर्कका लागि कालिकोटको सदरमुकाम र जुम्लाको सदरमुकाम धाउनुपर्ने बाध्यता रहेको छ।’ 

मोवाइल सेवा अबरुद्ध भएका कारणले एक कल फोन गर्न टाढा जानुपर्ने बाध्यता रहेको र त्यो समस्या हल गर्न कसैले चासो नदिएको देउडा गीतमार्फत तिलागुफा नगरपालिका ६ का कलबहादुर शाहीले देउडा गीतमार्फत यसरी बताए। 

‘एक कल फोन गर्न नाग्म जाउँ कि मान्म। 
यो समस्या हल गर्न को आउँला आत्म।।’

मोवाइल सेवा अबरुद्ध भएका कारणले एक कल फोन गर्नका लागि धेरै खर्च गर्नुपर्ने बाध्यता महावै गाउँपालिका २ का राजबहादुर सिंहले बताए। ‘पहिला कहिले काहिँ मोवाइल टावर टिप्ने गरेको थियो’ उनले भने,‘अहिले त्यही पनि नहुँदा एक कल फोन गर्न टाढा जानुपर्ने र खर्च पनि निकै लाग्ने गरेको छ।’ मोवाइल सेवा अबरुद्ध भएको विषयमा नेपाल टेलिकमलाई जानकारी गराएको र छिट्टै सेवा सुचारु गर्ने नेपाल टेलिकमले जनाएको महावै गाउँपालिका अध्यक्ष नन्दबहादुर सिंहले बताए। ‘मोवाइल सेवा अबरुद्ध भएको विषयमा नेपाल टेलिकमलाई जानकारी गराएको छुँ’ उनले भने, ‘छिट्टै संचालन गर्ने जानकारी नेपाल टेलिकमले दिएको छ।’ 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.