|

दाङ : तुलसीपुरमा रहेको राप्ती अञ्चल अस्पताले केही समय अगाडि राप्ती प्रादेशिक अस्पताल बनाइयो। तर  भौतिक र जनशक्ति अभाव भने उस्तै छ। अञ्चल अस्पतालबाट प्रादेशिक अस्पतालका रूपमा विकास गरिए पनि भौतिक संरचना, उपकरण र जनशक्तिका हकमा भने यो अस्पताल पछाडि नै परेको छ।

दैनिक २/३ सयसम्म  विरामी उपचारका लागि आउने गरेका छन्। अञ्चलबाट प्रादेशिक अस्पताल त बनाइयो तर जनशक्ति र भौतिक संरचनाका कारण सेवामा समस्या उस्तै रहेको अस्पताल मेडिकल सुपरिटेन्डेन्ट डा.शर्वेस शर्माले बताए। ‘हामीसँग दरबन्दीअनुसार चिकित्सक अभाव छ। जसका कारण हामीले चाहेजस्तो सेवा सुविधा दिन सकेका छैनौं’, उनले भने।

अस्पतालमा बालरोग विशेषज्ञ, नसा तथा हाडजोर्नी बिशेषज्ञ, छालारोग विशषज्ञ, एनेस्थेसिया लगाएतका बिशषज्ञ डाक्टरको अभाव छ। १६ जना मेडिकल अधिकृतको दरवन्दी रहेको अस्पतालमा ५ जना मात्रै मेडिकल अधिकृत छन्। जनशक्ति नहुदाँ आइसियु सेवा संचालनमा आउन सकेको छैन भने नाम अनुसार त्यही उपचार हुनु पर्नें बिरामी पनि बाहिर रिफर गर्नु पर्ने अवस्था रहेको छ।

दरबन्दी अनुसार चिकित्सक भएमा अहिले रिफर हुदै आएका बिरामीको संख्यामा ७५ प्रतिशतले कमी आउने अस्पतालले बताएको छ। डाइलासिस, भिडियो एक्सरे, सामान्य एक्सरे र स्मार्ट ल्याब , थाइराईड जाँच लगाएतका अत्याधुनिक उपकरण भएपनि दरबन्दी अनुसार चिकित्सक नहुँदा सोचे अनुसार सेवा प्रभावकारी गर्न नसकेको अस्पतालले बताएको छ।

‘एउटा डक्टरले १०/१५ जना बिरामी हेर्नुपर्ने हो। जसले गर्दा नागरिकले सहजै सेवा पाउने थिए। तर यहाँ त कस्तो छ भने राउण्डिङ पनि उसैले ओपिडीमा ३५ देखि ७० जनासम्म चेकजाँच गर्नु पर्ने पनि उसैले,’ मेसु डा. शर्माले भने,‘अनि डाक्टर समयमा आएन भनेर गाली खानुपर्ने मेसुले।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.