|
File Photo

मुगु : जबरजस्ती करणीको आरोपमा एक प्रहरी नायव निरीक्षक (सई) लाई प्रहरीले नियन्त्रणमा लिएको छ। शुक्रबार साँझ सापटी लिएको रकम लिन बोलाए महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा सईलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

छायानाथ रारा नगरपालिका ५ घर भई हाल सदरमुकाम गमगढीमा बस्दै आएकी एक महिलाले सापटी रकम फिर्ता लिन आउनु भनी बोलाएर आफूमाथि यौन शोषण गरेको मौखिक उजुरी दिएपछि सई सूर्यबहादुर शाहीले जिल्ला प्रहरी कार्यालय मुगुले नियन्त्रणमा लिएको हो। शाही हुम्ला जिल्ला चंखेली गाउँपालिका दार्मा स्थायी घर भई हाल अस्थायी प्रहरीचौकी चैन मुगुमा कार्यरत थिए।

जबरजस्ती करणी भएको मौखिक जानकारी पाउना साथ शाहीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मुगुका निमित्त प्रहरी नायव उपरीक्षक लालबहादुर ऐरले बताए। उनले पीडित र पिडक दुवैको स्वास्थ्य परीक्षणसमेत गरिसकेको बताए। उक्त घटनाका थप तथ्य स्वास्थ्य परीक्षणको रिपोर्ट आएपछि मात्रै थाहा हुने उनको भनाइ छ। उनका अनुसार पीडितका पक्षबाट जाहेरी भने अहिलेसम्म दिएका छैनन्।

स्वास्थ्य परीक्षणको रिपोर्ट आएपछि पीडितको जाहेरीका आधारमा थप अनुसन्धान प्रक्रिया अगाडि बढाउन सकिने पनि उनले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.