|

काठमाडौं : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा प्रदेशअनुसार छुट्टाछुट्टै प्रश्नपत्र सोधिने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले चैत १० देखि देशभर सञ्चालन हुने परीक्षाका लागि प्रश्नपत्र पछाइ थालेको छ।

जनक शिक्षा सामग्री केन्द्रको भक्तपुरस्थित सेक्युरिटी प्रेसमा सातवटै प्रदेशका लागि आवश्यक प्रश्नपत्र छपाइ थालिएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिए। संघीय र प्रदेश सरकारको समन्वयमा एसइई परीक्षा सञ्चालन हुन लागको हो। शिक्षा एनेको आठौं संशोधनले एसइई परीक्षको जिम्मावारी प्रदेश सरकारलाई दिएको समाचार कान्तिपुर दैनिकमा छ।

यसअघि परीक्षा नियन्त्रण कार्यालयले एसएलसी र एसइई परीक्षा सञ्चालन गर्दै आएका थिए। कार्यालय बोर्डमा गाभिएपछि प्रदेश, बोर्डको प्रदेश कार्यालय र जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइले परीक्षा चलाउन लागेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.