६ अर्ब लगानी जोखिममा पर्ने चिन्ता

|

चितवन : कापी उद्योगीहरुले नेपाल बाहिरबाट ल्याइने कच्चा पदार्थ (कागज) आयतमा १० प्रतिशत भन्सार छुट दिन सरकारसँग माग गरेका छन। कापी उद्योगीहरुको संस्था नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको गैडाकोटमा सम्पन्न केन्द्रिय वैठकले कपीको कच्चा पदार्थ कागज आयतमा १० प्रतिशत भन्सार छुटको माग गरेको हो। 

वैठकले कागज आयतमा लगाइदै आएको भन्सार शुल्क बढी हुँदा उद्योग संचालन र बजारीकरणमा समस्या भएकाले भन्सार दर घटाउन सरकारसँग माग गरीएको संघका अध्यक्ष रामेश्वर पराजुलीले बताए। उनका अनुसार हाल सरकारले कागज आयतमा १५ प्रतिशत भन्सार दर तोकेको छ। तर यो दर घटाएर ५ प्रतिशतमा झार्नुपर्ने संघको माग छ। अहिले कागजको भन्सार मूल्याङ्कन प्रति केजी भारतिय रुपैँया ४० अर्थात नेपाली ६४ रुपियाँ  रहेको छ। 

छिमेकी देश भारतवाट आयात हुने तयारी कापीसँग प्रतिस्पर्धा गर्न नेपालमा आयत हुने कागजको भन्सार दर घटाउनैपर्ने संघका अध्यक्ष पराजुलिले बताए। नेपाल सरकारले तयारी कापी आयातमा २० प्रतिशत र कच्चा पदार्थ आयातमा १५ प्रतिशत भन्सार शुल्क लिदै आएको छ, यसमा अन्तर थोरै हुँदा नेपाली उद्योगी प्रष्ट मारमा परेको पराजुलीको भनाई छ।

नेपाली भन्दा भारतिय कापीमा लागत खर्च कम हुने र सोही आधारमा नेपाली उद्योगीले उत्पादन गरेका कापी सस्तोमा बजार लैजान समस्या हुने गरेको संघका निवर्तमान अध्यक्ष सुनिल गोपाल श्रेष्ठको भनाई छ। 'नरेन्द्र मोदी नेतृत्वको सरकारले भारतमा गएको जुलाई १, २०१७ मा गुड्स एण्ड सर्भिस ट्याक्स (जीएसटि) प्रतिशत लागु गरेर भारतीय उद्योगीहरुलाई विशेष सहुलियत दिँदा सस्तोमा तयारी कापी नेपाल भित्रिन थाल्योे', नेपाली उद्योगले चर्को भन्सार तिरेर कागज ल्याउदा प्रतिस्पर्धा गर्न समस्या भएको छ', उनले भने, 'प्रतिस्पर्धा गर्ने वातावरण तयार पार्न पनि सरकारले नेपाली उद्योगीलाई कागज आयतमा भन्सार शुल्क घटाउनुपर्छ।' 

नेपालमा अहिले साना ठुला गरी करिव ६ सय कापी उद्योग सञ्चालमा रहेको संघले जनाएको छ। चितवनमा मात्रै १८ वटा उद्योग रहेको संघका चितवन सचिव हिमराज खनालले बताए। देशभरका उद्योगहरुमा भएको ६ अर्ब बढीको लगानी जोखिममा परेकाले धराशायी हुनबाट जोगाएर आत्मनिर्भर बनाउन सरकारले भन्सार छुट दिनैपर्ने संघको निश्कर्ष छ। ति उद्योगहरुले भारत लगायतका देशहरुबाट वार्षिक ७० हजार मेट्रिक टन कागज र ३० हजार मेट्रिक टन कपीको कभर आयत गर्ने गर्दछन्। यसरी आयत हुने कागजको सरकारले १५ प्रतिशत भन्सार र १३ प्रतिशत भ्याट तिर्नुपर्ने नेपाली उद्योगका लागि वाध्यता भएको उद्योगीहरु बताउँछन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.