|

काठमाडौं : वैदेशिक रोजगारीमा लैजाने प्रलोभन देखाएर ठगीमा परेका युवालाई पीडकबाट ११ महिनामा १४ करोड रुपैयाँ असुल गराइएको छ।

वैदशिक रोजागारीका नाम परे उजुरीविरुद्ध वर्षौंसम्म न्याय सम्पादन नभएपछि सरकारले कार्यदल बनाएर उजुरी फरफराक गर्ने नीति लिएको थियो। गत वर्षको फागुनदेखि माघसम्म १४ करोड ६१ लाख ३९ हजार ३०० रुपैयाँ रुपैयाँ क्षतिपूर्ति दिलाइएको समाचार कारोबार दैनिकमा छ।

यस अवधिमा संस्थागत (म्यानपावर कम्पनी)बाट नौ करोड ९९ लाख ९१ हजार ५५० रुपैयाँ र व्यक्तिगत ठगीबाट चार करोड ६१ लाख ४७ हजार ७५० रुपैयाँ बिगो भराएर पीडित युवालाई दिलाइएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हालै सार्वजनिक गरेको प्रगति प्रतिवेदनमा उल्लेख छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.