|

हेटौँडा : मकवानपुरको सात वटा स्थानीय तहमा न्यायिक इजलास नहुँदा न्याय सम्पादनमा समस्या भएको छ। दशवटा स्थानीय तहमध्ये तीनवटा मात्र न्याययिक इजलास रहेको छ।

हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका र बकैया गाउँपालिकामा मात्रै न्यायिक इजलास छ। यसबाहेक भीमफेदी, बाग्मती, राक्सिराङ, इन्द्रसरोवर, कैलाश, मकवानपुरगढी र मनहरि गाउँपालिकामा न्यायिक इजलासको व्यवस्था हुन सकेको छैन। स्थानीय सरकार गठन भएको दुई वर्ष पूरा हुन लाग्दासमेत न्यायिक इजलास नहुँदा स्थानीय तहहरूको न्याय सम्पादनमा समस्या देखिएको हो।

न्याय समितिका संयोजकहरूले आफ्नै कार्यकक्षमा इजलास सञ्चालन गरिरहेका छन्। ‘इजलास नहुँदा न्याय सम्पादनमा समस्या भएको छ,’ भीमफेदी गाउँपालिकाकी उपाध्यक्ष पार्वती रानाले भनिन्, ‘इजलास बनेको छैन, आफ्नो कार्यकक्ष बन्द गरेर न्यायिक इजलास सञ्चालन गर्ने गरेका छौं।’ 

उपप्रमुख थापाले न्याय सम्पादनको अनुभव नभएको र कानुनबारे पूर्णरुपमा जानकारी नहुँदा समस्या भएको बताइन्। उनका अनुसार स्थानीय तहमा न्याय सम्पादनलाई छिटो छरितो रुपमा टुंग्याउन कानुनी सल्लाहकारको व्यवस्था गर्न जरुरी रहेको औंल्याइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.