|

काठमाडौं :  नेपाल राष्ट्र बैंकले मध्य रातमा आर्थिक वर्ष २०७५/०७६ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको छ। अर्धवार्षिक समीक्षा मार्फत मौद्रिक नीतिक कुनै विषयमा खुकुलो र कुनै विषयमा थप कडाइ गरिएको छ। 

राष्ट्र बैंकले बैंकहरुले आफ्नो कुल निक्षेपको १० प्रतिशतभन्दा बढी कल डिपोजिट लिन नपाउने व्यवस्था गरेको छ। "वाणिज्य बैंकहरुले स्वीकार गर्ने कल निक्षेपको रकम आफ्नो कुल निक्षेपको १० प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्था मिलाइनेछ" समीक्षामा भनिएको छ। त्यस्तै संस्थागत सामाजिक उत्तरदायित्व कोषमा छुट्याएको रकमलाई वित्तीय साक्षरता प्रवर्द्धन गर्ने लगायतका क्रियाकलापलाई प्रोत्साहित गर्ने भन्दै प्रदेशमा न्यूनतम १० प्रतिशत हुनेगरी खर्च गर्नुपर्ने व्यवस्था गरेको छ। 

मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.