|

काठमाडौं : सरकारले स्थानीय तह र प्रदेशमा खटाउन कर्मचारी समायोजन ल्याए पनि अत्यधिकको रोजाइ संघमै परेको छ। यसका कारण प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हुने देखिएको छ।

सरकारले ल्याएको कर्मचारी समायोजनमा सोमबारसम्म सात हजार तीन सय ४१ कर्मचारीको समायोजन भएको छ। त्यसमध्ये पाँच हजार ६ सय ९१ कर्मचारी संघमा समायोजन भएका छन्।

नेपाल समाचारपत्र दैनिकका अनुसार हालसम्म समायोजन सकिएका कुल कर्मचारीमध्ये अधिंकाश संघमै रहने भएका छन्। ९०७ प्रदेश र ७४३ स्थानीय तहमा समायोजन भएका छन्। कुल ७७ हजार ३४ कर्मचारीले समायोजन फाराम भरेका थिए। त्यसमध्ये ३५ हजार तीन सय ६४ जनाले संघमै रहनेगरी फाराम भरेका थिए।

प्रदेश र स्थानीय तहमा कर्मचारी खटाउन  समायोजन अध्यादेश ल्याइएको थियो। ऐनको मनसायविपरीत घुमाइफिराइ संघमै समायोजन हुने कर्मचारीको संख्या अत्यधिक छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.