विश्व

राष्ट्रपति मादुराेकाे समर्थन फिर्ता लिन भेनेजुलाको सेनालाई ट्रम्पको आग्रह
SHARES

फागुन ७, २०७५

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको सेनालाई राष्ट्रपति निकोलश मादुरोको समर्थन फिर्ता लिएर विपक्षी नेता क्वान गुएडोलाई समर्थन गर्न आग्रह गरेका छन्। 

    भेनेजुयलाको विपाक्षी नेता गुएडोले गत जनवरीमा आफूलाई स्वघोषित राष्ट्रपतिमा घोषणा गरेका थिए। क्वानलाई दक्षिण अमेरिकी देशको समर्थन रहेको छ भने राष्ट्रपति मादुरोलाई चीन र रुसको साथ छ।

    त्यस्तै भेनेजुयलाको सेना राष्ट्रपतिको साथमै रहेको छ। त्यस्तै विपक्षी नेताको आग्रहमा अमेरिकाले मानवीय सामग्री भेनेजुयलाको सीमा क्षेत्र पुर्‍याएको छ। त्यस्तै अमेरिकाको त्यस्तो व्यवहारले देशमा संकट निम्त्याएको भन्दै मादुरो सरकाले सीमाक्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ। 

    आर्थिक संकटमा परेको भेनेजुयलाको आर्थिक अवस्था डामाडोल भएको छ। विद्युत आपूर्ति बन्द छ, आधारभूत सामाग्रीको अभावले भेनेजुयलाको जनजीवन कष्टकर बनेको छ। त्यस्तै आर्थिक मन्दीले अस्तव्यस्त बनेको भेनेजुयलाका लाखौं नागरिकहरु छिमेकी देशमा शरण लिएर बसेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]