|
File Photo

अमेरिकाको मध्य भागमा पर्ने राज्य मिचिगनमा सम्पत्तिको विषयलाई लिएर भएको विबादका क्रममा गोली हानाहान भएको छ।

सोमबार अपरान्ह भएको गोलीकाण्डमा परी तीन बालबालिका र एक महिला गरी चार व्यक्तिको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन्।

मिचिगन राज्यको उत्तरी भागमा पर्ने केन्ट काउन्टीमा यो घटना भएको हो। अधिकारीहरुले थप विवरण दिन अस्विकार गरेका छन्।

उनीहरुले सर्वसाधारणलाई भने यसबाट कुनै खतरा नरहेको बताएका छन्। गोली हान्नेलाई नछाडीने उनीहरुको भनाई छ। घटनाका बारेमा अनुसन्धान भइरहेको अधिकारीहरुले जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.