|

काठमाडौंः गृहमन्त्री रामबहादुर थापाले मुलुकको शान्ति सुरक्षा कायम गर्न सरकार सफल रहेको बताएका छन्।

राष्ट्रियसभाको शुन्य र विशेष समयमा राष्ट्रियसभा सदस्यहरुले उठाएका समसामयिक विषयका बारेमा बुधबार बसेको राष्ट्रियसभाको  बैठकमा जानकारी गराउँदै उनले शान्ति सुरक्षा कायम गर्न सरकार सफल रहेको बताए।

कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछिको हत्यामा संलग्नहरुको खोजी भइरहको तथा अपराधी पत्ता लगाउन उदासिनता देखाउने प्रहरीमाथि पनि कार्वाही भएको जानकारी गराए। उनले सुन तस्करीको सञ्जाललाई सरकारले ध्वस्त पार्न सफल भएको र सम्बन्धित अपराधीलाई कानुनी कठघरामा ल्याइएको बताए।

सुन काण्डको सवालमा सुन तस्करीमा संलग्न ठूला माछाहरु मूलभूत रुपमा नियन्त्रणमा आइसकेको भए पनि केही माछाहरु अझै जाल बाहिर रहेको स्वीकार गरे। उनले भने ‘केही ठूला माछाहरु अझै पनि जाल भन्दा बाहिर छन् । तिनीहरुलाई समात्ने र जालमा ल्याउने प्रक्रिया जारी छ।’

सुन काण्डका सवालमा ठूला माछा अझै नियन्त्रणमा किन आएनन् भनी सदस्यहरुले राखेको जिज्ञासा स्पष्ट नभएको भन्दै उनले भने, ‘ठूला माछा भनेर कसलाई भन्न खोज्नुभएको हो? अलि स्पष्ट भएन।  मन्त्रीहरुप्रति इंकित हो कि? कुनै राजनीतिक नेतृत्वलाई इंकित गर्न खोज्नुभएको हो कि?’

थापाले विभिन्न सांसदहरुले राखेको जवाफसमेत दिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.