|

काठमाडौं : कार्यक्रमका लागि नेपाल आएका बेला बिरामी भएर अस्पताल भर्ना भएका भारतीय गायक सोनु निगमको डिस्जार्ज भएको छ।

मंगलबार बिरामी भएपछि नर्भिक अस्पताल भर्ना भएका उनलाई बुधबार स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको नर्भिक अस्पतालले जनाएको छ। कार्यक्रमको सिलसिलामा पोखरा आएका उनलाई ढाड दुख्ने समस्या भएपछि नर्भिक अस्पतालमा भर्ना भएका थिए। भिभिआइ वेड ५ सय १ नम्बर बेडमा उनको भर्ना गरिएको अस्पतालले जनाएको छ।

उनलाई अस्पतालका नशा रोग विशेषज्ञ डा पंकज जलानको टोलीले उपचार गरिरेको थियो। अस्पतालबाट डिस्चार्ज भएका गायक निगम बुधबार नै स्वदेश फर्किने कार्यक्रम रहेको बताइएको छ। चर्चित भारतीय फिल्मी गीतमा स्वर दिएका गायक निगमले थुप्रै नेपाली फिल्मको गीतमा समेत स्वर दिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.