|

काठमाडौं : भरतपुर महानगरका उपप्रमुखलाई ज्यान मार्ने धम्की  आएको छ। महानगरपालिकाकी उपप्रमुख पार्वती शाहलाई ‘स्वप्नील सुवेदी’ नामको फेसबुक अकान्टबाट महानगरपालिकाले चलाउदै आएको फेसबुक म्यासेन्जरमा ज्यान मार्ने धम्की आएको हो। म्यासेन्जरबाट आफूलाई ज्यान मार्ने धम्की आएको शाहले बताए। शाह न्यायीक समितिका संयोजकसमेत हुन्।

म्यासेजमा टेबुलमा आएको मुद्धामात्रै हेर्न चेतावनी समेत दिएको शाहले बताए। ‘आँखा नघुमाउनु र हात नलम्काउनु नत्र युवासंघ र अनेरास्ववियुलाई हात छोटो बनाउन र आँखा सोज्याउन आउछ। यही म्यासेज पाँच दिन अघि मलाई आएको हो।,' शाहले भने।

उक्त म्यासेजको बारेमा अनुसन्धान गर्न चितवन प्रहरीमा उजुरी दिने तयारीमा रहेको शाहको भनाइ छ। उपप्रमुखमाथि आएको धम्कीबारे महानगर गम्भीर रहेको महानगर प्रमुख रेनु दाहालको भनाइ छ। धम्की किन ? के कारणले ? कसरी आयो ? भन्नेबारे अनुसन्धान भइरहेको दाहालले बताए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.