|

काठमाडौंः नेपाली कांग्रेसकी सांसद उमा रेग्मीले निर्वाचन क्षेत्र विकास कोष संचालनसम्बन्धी नियमावली संसदमै च्यातेकी छन्। उनले स्थानीय विकास पूर्वाधार साझेदारी कार्यक्रम संचालन (कार्यान्वयन)सम्बन्धी नियमावली, २०७५ ले समानुपाति सांसदहरुलाई विभेद गरेको भन्दै संसदमै सो नियमावली च्यातेकी हुन्।

प्रतिनिधिसभामा विशेष समय लिएर बोलेकी उनले नियमावलीले समानुपातिक सांसदलाई दोस्रो दर्जाका सांसद बनाएको भन्दै नियमावली च्यातेकी हुन्। साथै उनले कुनै पनि सांसदलाई नियमावली मान्य नहुने बताइन्।

नियमावलीमा निर्वाचन क्षेत्र विकास कोषका लागि विनियोजन भएको बजेटको खर्चसम्बन्धी व्यवस्था रहेको छ। नियमावलीका अनुसार बजेट खर्च गर्नका लागि प्रत्यक्ष निर्वाचित सांसद संयोजक रहने गरी सांसदहरूको एक समिति बन्छ। उक्त समितिमा समानुपाति सांसद र प्रदेशसभाका सदस्य रहन्छन्।

बजेट खर्च गर्दा सबैको सहमतिमा गर्नुपर्ने व्यवस्था गरिएको छ। यदि सहमति कायम हुन नसकेमा निर्वाचित सांसदलाई नियमावलीले सबै अधिकार दिएको भन्दै उनले विरोध जनाएकी हुन्। उनले यसरी नियमावलीमै पक्षपात गर्दा सबै बजेट एक जना सांसदको इच्छा बमोजिम खर्च हुने भन्दै उनले विरोध जनाइन्।

उक्त नियमावली केही महिना अघि नै कार्यान्वयनमा आएको छ। रेग्मीले अहिले आएर विरोध जनाएकी हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.