|

काठमाडौं : महान्यायधिवक्ता अग्निप्रसाद खरेलले दबाबमा मुद्दा चलाउने प्रवृति हावी हुँदै गएको बताएका छन्।

बुधबार आफ्नै कार्यालयमा आयोजित महान्यायधिवक्ताको पद बहाली गरेको एक वर्षको समीक्षा र भावी कार्यक्रम सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पछिल्लो समय समाजमा दबाबमा मुद्दा चलाउने प्रवृति हावी हुँदै गएको बताएका हुन्। कुनै पनि घटनाको अनुसन्धानका क्रममा प्रहरीले शंकास्पदलाई नियन्त्रणमा लिने, अध्ययन अनुसन्धान गर्ने तथा सो क्रममा दोषी पाइए मुद्दा चलाउने र निर्दोश भए छोड्ने प्रक्रिया अनुसन्धानको सामान्य प्रक्रिया भएको भन्दै उनले नियन्त्रणमा लिने वित्तिकै कोही पनि अपराधी नहुने उल्लेख गरे। तर पछिल्लो समय अनुसन्धानका लागि नियन्त्रणमा लिइएका व्यक्तिमाथि नै मुद्दा चलाउन दबाब दिने प्रवृति समाजमा देखिदै गएको उनले बताए। महान्यायाधिवक्ता खरेलले दबाबमा परेर जो कोही माथि मुद्दा चलाउने काम नगर्न मातहतका सरकारी वलिकहरुलाई निर्देशन दिए।

महान्यायाधिवक्ताको कार्यालयले यस वर्ष गत वर्षको तुलनामा फौजदारी मुद्दाको सफलतामा ४ प्रतिशतले वृद्धि भएको दाबी गरेको छ। कार्यक्रममा एक वर्षभित्र गरिएको कार्यक्रमको फेयरिस्त प्रस्तुत गरिएको थियो। हेलो साक्षी कार्यक्रमदेखि नमुना सरकारी वकिल कार्यालयको व्यवस्थालगायत ४४ बुँदामा कार्यप्रगति सार्वजनिक गरिएको थियो। त्यसैगरी मुलुकी संहिताको प्रभावकारी कार्यान्वनय, कानून विश्वविद्यालयको स्थापनाका लागि सहजीकरण गर्ने लगायत ३१ बुँदा आगामी कार्ययोजनाका रूपमा सार्वजनिक गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.