|

चीनका पूर्वप्रधानसेनापतिलाई आजीवन कारावासको सजाय दिने फैसला भएको छ।

भ्रष्टाचारविरुद्धको अभियानको क्रममा राष्ट्रपति सि जिनपिङले पूर्वप्रधानसेनापति फाङ फेङघुईलाई यसअघि नै पदच्यूत गरिसकेका चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन्।

चीनको जनमुक्ति सेनाको सर्वोच्च पदमा सन् २०१२ मा नियुक्त भएका फाङ फेङघुई अहिले कारबाहीमा परेका हुन्। उनलाई सन् २०१७ को अगष्टमा जिम्मेबारीबाट हटाइएको थियो।

सैन्य अदालतले नै फेङघुईलाई दोषी ठहर गर्दै आजीवन जेल सजायको फैसला गरेको चीनको सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ।

चीनमा भ्रष्टाचार लामो समयदेखि देशका लागि ठूलो समस्या बनेको छ। भ्रष्टाचारविरुद्धका अभियानहरू चलाइएका छन् भने हजारौँ सरकारी उच्च अधिकारी कारबाहीमा परेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.