छापा

अब तीन तहको लाइसेन्स
SHARES

फागुन ९, २०७५

    काठमाडौं : सरकारले सवारीचालक अनुमति (लाइसेन्स) तीन चरणमा विवरण गर्ने भएको छ। सवारीचालक अनुमतिपत्र तीन तहमा वर्गीकरण गरी वितरण गर्ने तयारी थालिएको समाचार अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तयार पारेको राष्ट्रिय यातायात नीति २०७५ को मस्यौदामा यो विषय समावेृश गरिएको छ। मन्त्रालयले तयार गरिरहेको मस्यौदामा प्रशिक्षार्थी, परीक्षणकाल र पूर्णकालीन तहको चरणबद्ध सवारीचालक अनुमतिपत्र दिने उललेख छ। 

    प्रशिक्षार्थी चरणमा निजी सवारीसाधन मात्र चलाउन पाउने गरी सवारीचालक अनुमतिपत्र वितरण हुनेछ भने परीक्षणकालमा हलुका सवारीसाधन मात्र चलाउन पाइनेछ। पूर्णकालीन तहमा भने यात्रुवाहक सवारी चलाउन पाउने गरी सवारीचालक अनुमतिपत्र प्राप्त हुनेछ।

    मन्त्रालयलका सहसचिव शिव नेपालले सार्वजनिक यातायात व्यवस्थित गर्न सवारीचालक अनुभतिपत्र वर्गीकरण गर्न लागिएको बताए।
     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]