विश्व

कोरियामा कामदारको उच्चतम उमेर ६५ वर्ष
SHARES

फागुन ९, २०७५

    दक्षिण कोरियाको सर्वोच्च अदालतले कामदारका लागि योग्य हुन अधिकतम उमेर हद ६५ वर्ष तोक्न आदेश दिएको छ। अदालतको यस आदेशले अवकाशको उमेर र केही उद्योगमा प्रभाव पार्नेछ। 

    सर्वोच्च अदालतको पूर्ण इजलासमा १०–३ मतदानबाट उक्त आदेश भएको हो। परिवारका एक सदस्य डुबेको सम्बन्धी मुद्दामा पीडितको उमेर ६० वर्ष कायम गर्ने गरी पुनरावेदन अदालतले सुनाएको आदेशलाई सर्वोच्च अदालतले उल्ट्याएको हो। 

    बिहीबारको उक्त आदेशसँगै पुनरावेदन अदालतले पार्क ढोङ–ह्यून र उनको परिवारका सम्बन्धमा नयाँ आदेश जारी गर्नेछ। अगस्ट २०१५ मा ४ वर्षका छोराको पौडी पोखरीका सञ्चालकको लापरबाहीका कारण मृत्यु भएको भन्दै पार्कले चार लाख ४० हजार क्षतिपूर्ति माग गरेका थिए। 

    परिवारका सदस्यहरूले आफ्नो बच्चाले ६५ वर्षसम्म काम गर्न सक्ने र त्यसबाट कमाई हुने रकमको अनुमान गरी क्षतिपूर्ति दाबी गरेका थिए। तल्लो अदालतले भने पौडी पोखरी सञ्चालकको पक्षमा आदेश दिएका थिए। अदालतले सर्वोच्च अदालतको सन् १९८९ को आदेशलाई नजिर मानेको थियो, जसमा अधिकतम कार्य उमेरलाई ५५ बाट ६० वर्ष कायम गरिएको थियो। 

    लामो समयदेखि चलेको यस मुद्दामा सर्वोच्च अदालतले मुलुकको पछिल्लो परिस्थिति परिवर्तन भएको र कार्य उमेरको गणना वस्तुगत आधारमा गरिएको जनाएको छ। ओइसीडीको सन् २०१७ को प्रतिवेदन अनुसार कोरियालीको औसत आयु पुरुषको ७९.७ र महिलाको ८५.७ वर्ष रहेको छ। सरकारी र निजी कम्पनीमा अवकाश उमेर पनि ६० वर्ष पुर्‍याइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]