|

चितवन : चितवनको भरतपुर महानगरपालीकी प्रमुख रेणु दाहालले एउटै जनप्रतिनिधिका रूपमा निर्वाचित प्रमुख र उपप्रमुख पक्ष र प्रतिपक्ष नहुने बताएकी छिन् ।

भरतपुर २१ पार्वतीपुरको बहुवर्षीय आयमूलक भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख दाहालले आफूले महानगरका कुनै पनि योजना तथा छलफलमा उपप्रमुखलाई बेवास्ता नगरेको बताइन्। ‘केन्द्र र संसदमा प्रतिपक्ष हुन्छ तर स्थानीय निकायमा यस्ताे हुनै सक्दैन’, उनले भनिन्, ‘स्थानीय सरकारमा हामी दुई सँगै भएकोले हामीबीच पनि पक्ष र प्रतिपक्ष हुँदैन र छैन पनि। संविधानले पनि स्थानिय सरकारमा पक्ष र विपक्षको व्यवस्था नगरेकोले हामी सबै सत्तापक्षका हौँ।’

‘सामाजिक सञ्जालमा आएजस्तो हाम्रो मतान्तर छैन’ दाहालले भनिन्, ‘यो कर्मचारीसँगको विषय हो। नयाँ परिवेशमा नयाँ सरकार सञ्चालनको नयाँ अभ्यासमा काम गर्दै जाँदा नयाँ ढंगले अगाडि बढ्दै जानु परेकोले जटिलता र चुनौती थपिएको छ। केही समस्या पनि रहेकाले मिलेर समाधान गर्न म सदैव तयार छु।’

कार्यक्रममा दाहालले महानगरपालिका सबैखाले विकासमा अगाडी बढिरहेको र विकासको मोडल हेर्न अब २ वर्ष लाग्ने जानकारी दिएन। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.