अर्थ

वाइडबडीपछि न्यारोबडीमा लेखा समिति: मर्मत-सम्भारका लागि परेको टेण्डर खोल्न रोक
SHARES

फागुन १०, २०७५

    काठमाडौं : करिब एक महिनामा लामो समय वाइडबडी विमानमा भएको अनियमितताको अध्यययनमा बिताएको सार्वजनिक लेखासमितिले फेरि न्यारोबडी विमानका विषयमा बहस सुरु गरेको छ। लेखा समितिमा परेको उजुरी आधारमा शुक्रबार लेखा समितिले न्यारोबडी ‘ए’ ३३० को टेण्डर रद्द गरिएको र नयाँ टेन्डर मागको साथै ए ३२० को टेण्डर स्विकारको विषयमा छलफल गरेको हो।

    लेखासमिति सदस्यहरुले सोधेको प्रश्‍नको स्पष्ट जवाफ नदिएपछि शुक्रबार मात्रै ‘ए’ ३३० विमानको मर्मत-सम्भारको टेण्डरमा परेको सूचना खोल्न लेखा समितिले रोक लगाएको छ। ‘समितिबाट अर्को निर्णय नभएसम्म सूचना नखोल्न निर्देशन गरिन्छ’ समिति सभापति भरतकुमार शाहले भने।

     वायु सेवा निगमले ३३० को लागि पहिले खुलाएको टेण्डर रद्द गरेर मर्मत सम्भारको लागि दोस्रोपटक टेण्डर गरेको थियो। पहिले मर्मत सम्भार र लिजमा इन्जिन ल्याउने टेण्डर एकै शीर्षकमा गरेकोमा त्यो टेण्डर रद्द गरेर छुट्टाछुट्टै टेण्डर प्रकिया अघि बढाएको वायुसेवा निगमका अध्यक्ष मदन खरेलले बताए।

    जसअन्तर्गत गरिएको आह्वानका अधारमा मर्मतसम्भारको लागि परेको टेण्डर शुक्रबार खोल्ने कार्यतालीका बनाएको थिइव। तर लेखा समितिले तत्काल नखोल्न निर्देशन दिएको हो।

    त्यस्तै ए ३२० जहाजको लागि इन्जिन मर्मतको लागि गरिएको टेण्डरमा पनि लेखा सिमतिले आर्थिक अनियमितता भएको हुनसक्ने जनाएको छ। टेण्डर स्वीकार गर्ने क्रममा सबैभन्दा कम कवोल गर्नेलाई नदिएर अर्को कम्पनीलाई दिइएको जनाइएको छ। तर वायुसेवा निगमले भने सबैभन्द कम कबोले गर्ने कम्पनीले तोकिएका सबै शर्ता पूरा नगर्ने भएकोले अर्को कम्पनीलाई दिइएको जनाएका थिए।

    निगमको दोस्रो पटकको पत्राचारमा भने सबैभन्दा कम कबोल गर्ने कम्पनीले सबै शर्ता पूरा गर्ने प्रतिवद्धता जनाए पनि निगले टेण्डर नदिएकोले आशंकाक गर्ने ठाउँ रहेको समिति सदस्य विरोध खतिवडाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]