|
Photo : bfm912.com

काठमाडौं : आन्दोलनरत मधेशी मोर्चा आवद्ध संघीय गठबन्धनको बैठक सोमबार बस्दैछ। 

दिउँसो एक बजे संघीय समाजवादी फोरम नेपालको कार्यालय तीनकुनेमा बस्ने बैठकमा गठबन्धनको भावी रणनीतिबारे छलफल हुने नेताहरुले बताएका छन्। सरकारले संविधान संसोधन प्रस्ताव दर्ता गर्न ढिलाई गरेपछि अब कसरी अघि बढ्ने भन्ने विषयमा बैठकमा छलफल हुने सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमनले जानकारी दिए। 

संसोधन प्रस्ताव दर्ता गर्न गठबन्धनले सरकारलाई दिएको १५ दिने अल्टिमेटम मंगलबार सकिँदैछ। यो बीचमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सत्ता पक्षीय नेताहरुसँग गठबन्धनका नेताहरुले गरेको छलफल र कुराकानीबारे बैठकमा जानकारी पनि गराइने सुमनले बताए। 

सरकारले संसोधन प्रस्ताव आइतबार मन्त्रिपरिषद् बैठकमा पेश गरेको छ। सोमबार बस्ने बैठकले प्रस्ताव पारित गर्ने तयारी प्रधानमन्त्रीको छ। तर अहिलेसम्म मन्त्रिपरिषद बैठक बस्ने नबस्ने टुंगो लागिनसकेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।  

गठबन्धनसहित सत्तारुढ नेपाली कांग्रेसकै बलियो समर्थन नपाउने र प्रस्ताव पास नहुने देखेपछि सरकारले संसोधन प्रस्ताव संसदमा दर्ता गर्न ढिलाइ गरेको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.