|

वेस्टइंडिजले इंग्ल्यान्ड विरुद्धको पाँच खेलको एकदिवसीय सिरिजको दोस्रो खेलमा २६ रनको जित निकालेको छ। वेस्टइंडिजका लागि सिम्रोन हेटमेयरले १ सय ४ रनको अविजित इनिङ खेलेपछि वेस्टइंडिजले पाँच वर्षपछि इंग्ल्यान्डलाई एकदिवसीय खेलमा पराजित गर्न सफल भयो। इंग्ल्यान्डविरुद्ध वेस्टइंडिजले पछिल्लोपटक २०१४ मा एन्टीगुआमा भएको खेलमा १५ रनको जित निकालेको थियो। यसअघि भएको पहिलो खेलमा इंग्ल्यान्ड ६ विकेटले विजयी भएको थियो। शनिबार इंग्ल्यान्ड विजयी भएसँगै सिरिज १–१ को अवस्थामा आएको छ।

इंग्ल्यान्डविरुद्ध टस हारेर पहिलो ब्याटिङ गरेको वेस्टइंडिजले राम्रो सुरुवात गरेको थियो। जसका कारण उसले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २ सय ८९ रन बनाएको थियो। ओपनरहरु क्रिस गेल र जोहन काम्पबेलले पहिलो विकेटका लागि ६१ रनको साझेदारी गरेका थिए। काम्बेल ३१ बलमा २३ रन बनाएर आउट हुँदा गेलले ६३ बलमा ५० रनको अर्धसतकीइ इनिङ खेले। जुन उनको करिअरको ५० औं अर्धसतक हो। उनी यो आँकडा छुने विश्वका १७ औं खेलाडी बने भने वेस्टइंडिजका तेस्रो ब्याट्सम्यान बने। उनी अघि ब्रायन लाराले ६३ र डेसन्ड हायनेसले ५७ औं अर्धसतकीय इनिङ खेलेका थिए।

१ सय २१ को स्कोरमा तीन विकेट झरेपछि क्रिजमा आएका २१ वर्षीय हेटमेयरले डेरेन ब्राभोका साथ चौंथो विकेटका लागि ७६ रनको साझेदारी गरे। ब्राभो २५ रन बनाएर आउट हुँदा हेटमेयरको नाममा भने १ सय ४ रनको अविजित इनिङ रह्यो। जुन उनको करिअरको चौंथो शतक हो। हेटमेयरले ८३ बलमा ७ चौका र ४ छक्का प्रहार गरेका थिए।

२ सय ९० रनको उच्च स्कोर पछ्याएको इंग्ल्यान्डको शुरुवात खराव रह्यो । १० रनको अवस्थामा उसले आफ्ना महत्वपुर्ण २ विकेट गुमायो। पछिल्लो खेलमा शतक लगाउने जेसन रोयले दुई रनमात्रै बनाउन सके। जहाँ जोनी ब्यारिस्टो शुन्य रनमानै पेभिलियन फर्किए। त्यसपछि कप्तान इयन मोर्गेन (३६) ले जोए रुटसँग तेस्रो विकेटका लागि ५० रनको साझेदारी गरे। मोर्गनले बेन स्टोक्स (७९) सँग चौंथो विकेटका लागि ९९ रनको साझेदारी गरेका थिए। मोर्गन ७० रनमा आउट भए। जुन उनको करिअरको ४३ औं अर्धशतक हो। त्यस्तै स्टोक्सले १४ औं अर्धशतक बनाएका थिए।  मोर्गन आउट भएपछि स्टोक्सले जोस बटलरसँग पाँचौ विकेटका लागि ३९ रनको साझदोरी गरे।

४० औं ओभरमा स्टोक्स पेभिलियन फर्किएपछि इंग्ल्यान्ड दबाबमा परेको थियो। लगतै बटलरपनि ३४ रनमानै आउट भएपछि कुनैपनि इंग्लिस खेलाडी क्रिजमा जम्न सकेनन्। जसका कारण टीम ४७.४ ओभरमा २ सय ६३ रनमानै अलआउट हुन पुगेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.