|

मुगु : छायानाथ रारा नगरपालिका-३ स्थित साँया खोला भन्ने स्थानमा आइतबार राति भिरबाट खसेर एकजना युवकको मृत्यु भएको छ। सदरमुकाम गमगढीबाट  आइतबार बेलुकी घर फर्कंदै गरेका छायानाथ रारा नगरपालिका-३ निगाले गाउँ निवासी ३० वर्षीय पूर्णबहादुर रोकायाको सायाँ खोला भन्ने स्थानमा मूलबाटोदेखि तल खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।

मृतक रोकायासँगै गएका उनका साथी २७ वर्षीय सूर्यबहादुर विकको भने जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।  मृतकका साथी सूर्यबहादुर विकका अनुसार आफूहरूले बजारमा मदिरा सेवन गरेको र घर जाने क्रममा सायाँखोला भन्ने ठाउँमा हिँड्दै गर्दा पूर्णबहादुर रोकाया एक्कासि बाटोबाट खसेर ६० मिटर तल खोलामा खसेको, आफू बाटोमा नै कराई रहँदा अरू मान्छेले आफूलाई समाएको बाहेक अरू के भयो भन्ने आफूलाई थाहै नभएको उपचाररत विकको भनाइ छ।

भिरबाट खसेको भन्ने सुनेपछि गाउँलेहरु र प्रहरी घटनास्थल पुगेका थिए। खोलाबाट घाइते अवस्थामा रहेका रोकायालाई जिल्ला अस्पताल तर्फ ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला अस्पताल मुगुले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.