समाज : सुरक्षा/अपराध

काठमाडौंमै बोक्सीको आरोपमा महिलामाथि कुटपिट, पन्यु तताएर डामियो

फागुन १७, २०७५

    काठमाडौं : बोक्सीको आरोपमा एक महिलालाई यातना दिएको अभियोगमा प्रहरीले काठमाडौंको भीमसेनस्थानबाट एक महिलालाई पक्राउ गरेको छ। उनले माता भन्दै झारफुकको काम गर्दै आएकी थिइन्। पक्राउ पर्नेमा आफूलाई माता बताउने कविता श्रेष्ठ रहेकी छन्।

    महानगरीय प्रहरी परिसर काठमाडौंले उनलाई बुधबार भीमसेनस्थानबाट पक्राउ गरेको हो। उनीमाथि प्रहरीले बोक्सी अभियोगमा अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिरेहको छ।

    पीडित महिलाले आफूलाई कविताले बोक्सी होस् भनेर कुटपिट गरेको, यातना दिएको भन्ने उजुरी दिएपछि कवितालाई बोक्सी मुद्दामा अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख,वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) वशन्त लामाले बताए।

    काठमाडौंको मुटु नयाँसडक नजिकै भिमसनस्थानमा एक महिलामाथि बोक्सीको आरोपमा यसरी कुटपिट हुन दुखद् भएको लामाको लामाले बताए।

    यस्तो छ, घटना

    प्रहरीकाअनुसार पीडित महिला दोलखा तामाकोशी गाउँपालिका-४ की रस्मी उपरकोटी हुन्। उनी न्यूरोड भीमसेनस्थानमा डेरामा बस्दै आएकी छिन्। रस्मी आइतबार बेलुका करिब नौ बजे आफ्नो तीन महिनाको बच्चालाई सन्चो नभएपछि भीमसेनथानस्थानमा रहेको माताको आश्रममा पुगेकी थिइन्।

    माताले बच्चाको आमालाई नै बोक्सी भएको भन्दै सोमबार राति एक बजेसम्म पन्यु तताएर शरीरको विभिन्न भागमा डामेकी थिइन्। प्रहरीका अनुसार तताएको पन्युले डाँमेर घाइते भएकी रस्मीलाई उपचारको लागि वीर अस्पताल पठाइएको थियो।

    उनी दुई दिनपछि अस्पतालबाट डिस्चार्ज भएको प्रहरीको भनाइ छ। बोक्सी आरोप सम्बन्धी कसूर तथा सजायका सम्बन्धमा गरिएको व्यवस्था अनुसार कसूर हेरी छ महिना देखि पाँच वर्षसम्म जेल सजाय र पाँच हजार देखि २० हजार सम्म जरिवाना हुने व्यवस्था छ।

कृष्णसिंह लोथ्याल

लोथ्याल  थाहा खबरमा ०७५ चैत १५ सम्म कार्यरत थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]