|

काठमाडौं : प्रेस काउन्सिल नेपालले दिवंगत पत्रकारहरु सञ्जय न्यौपाने र कर्ण बोहोरालाई प्रेस काउन्सिल सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरेको छ। नेपालको सबैभन्दा ठूलो राशीको पत्रकारिता पुरस्कार न्यौपाने र बोहोरालाई मरणोपरान्त प्रदान गर्ने निर्णय मंगलबार भएको हो।  

पाँच लाख रुपैयाँ राशी रहेको उक्त पुरस्कार बिशेष समारोह आयोजना गरी चाँडै प्रदान गरिने प्रेस काउन्सिल नेपालले जनाएको छ। 

'नेपाली पत्रकारित जगतका दुर्इ जाज्वल्यमान नक्षत्र सञ्जय न्यौपाने र कर्ण बोहोरालाई एक महिनाको बीचमा गुमाउनु पर्दा नेपाली पत्रकारिता जगत मर्माहत भएको छ। यिनै दुर्इ निष्ठावान पत्रकारलाई नेपाली पत्रकारिता क्षेत्रको सबैभन्दा बढी राशी पाँच लाख रुपैयाँको ‘प्रेस काउन्सिल सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार’ पहिलोपटक संयुक्तरूपमा मरणोपरान्त प्रदान गर्ने निर्णय नेपाल प्रेस काउन्सिलका अध्यक्ष र महासंघ अध्यक्ष सहित सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत सहितको बैठकले निर्णय गरेको छ', नेपाल पत्रकार महासंघका अध्यक्षसमेत रहेका पुरस्कार छनौट समितिका सदस्य डा. महेन्द्र विष्टले भने।

पुरस्कार छनोट समितिमा प्रेस काउन्सिल नेपालका अध्यक्ष संयोजक तथा नेपाल पत्रकार महासंघका अध्यक्ष र सानिमा बैंकका कार्यकारी अधिकृत सदस्य रहने व्यवस्था छ।

स्नायु प्रणालीसम्बन्धी रोगबाट ग्रसित कारोबार दैनिकका पूर्व सम्पादक सञ्जय न्यौपानेको कात्तिक २० गते निधन भएको थियो। न्यौपाने आर्थिक पत्रकार समाज सेजनका पूर्व उपाध्यक्ष थिए।

नेपाल पत्रकार महास‌ंघ कञ्‍चनपुरका निवर्तमान अध्यक्ष कर्ण बोहराको मंसिर १० गते निधन भएको थियो। मिर्गौला रोगबाट पीडित श्रीमतीको काठमाडौंमा कुरुवा बस्दै आएका बोहोराको अचानक निधन भएको थियो। उनी कञ्चनपुरको रेडियो पश्चिमाञ्चल नेपालका सञ्चालक थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.