|

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको द्धन्द्ध व्यवस्थापन तथा शान्ति स्थापनामा नेपाली सेनाले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन।

सोमबार अपराह्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राष्ट्रिय सुरक्षा नीति, २०७३ परिमार्जन गर्न बनेको उच्चस्तरीय समितिको प्रतिवदेन बुझ्दै प्रधानमन्त्रीले सेनाको प्रसंसा गरेका हुन।

प्रधानमन्त्रीले राष्ट्रिय सुरक्षाको सबैभन्दा बलियो किल्ला जनता रहेको भन्दै राष्ट्र एकीकरणका क्रममा निर्माण भएको नेपाली सेनाले अन्तरर्राष्ट्रिय शान्ति स्थापनार्थ योगदान पुर्‍याउँदै आएको कुरा प्रसंसनीय रहेको बताए।

समितिका अध्यक्ष एवं उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री एवं  राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष केपी शर्मा ओलीलाई ‘राष्ट्रिय सुरक्षा नीति–२०७५’ को प्रतिवेदन बुझाएका थिए।

अध्यक्ष एवं उपप्रधान तथा रक्षामन्त्री पोखरेलले प्रतिवेदन बुझाउँदै नेपालको संविधानको मर्म र भावना तथा संविधानका निर्देशक नीतिहरूलाई मूख्य आधार मानेर परिवर्तित सन्दर्भ अनुरूप मस्यौदा तर्जुमा गरिएको बताए।

राष्ट्रिय सुरक्षा परिषदले गत असोज १ गते सुरक्षा नीति परिमार्जनको आवश्यकता महसुस गर्दै असोज ५ गते उपप्रधान तथा रक्षामन्त्री पोखरेलको अध्यक्षतामा सात सदस्यीय ‘राष्ट्रिय सुरक्षा नीति, २०७३ परिमार्जन उच्चस्तरीय समिति’ गठन गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.