|

काठमाडौं : २०६० सालदेखि पत्रकारितामा सक्रिय कुँवरलाई यूएनडीपीको ‘एनपिस नेटवर्क’ले एनपिस अवार्डबाट सम्मानित गरिएको छ। थाइल्यान्डको बैंककमा आयोजीत कार्यक्रममा पत्रकार कुवरलाई पुरस्कृत गरिएको हो।

पत्रकारिताको माध्यमबाट लैङ्िगक समानताको पक्षमा निरन्तरता कलम चलाएको भन्दै नेटवर्कले पत्रकार कुवरलाई पुरस्कृत गरेको यूएनडीपीले जनाएको छ।
पत्रकार कुवरलाई अभियन्ता राधा पौडेलले ‘एनपिस अवार्ड’को ‘अनटोल्ड स्टोरी’ विधामा मनोनीत गरेकी थिइन। यो विधामा नेपालबाट अन्य तीनजना महिलाहरू पनि मनोनीत भएका थिए। मनोनयनमा परेका मध्ये सबैभन्दा बढी मत ल्याउनेलाई यो अवार्ड प्रदान गरिन्छ।

यूएनडीपीले शान्ति स्थापना र लैगिक समानता लागि काम गर्ने एसिया क्षेत्रका सात देशका अभियन्ता र संस्थालाई हरेक वर्ष यो अवार्ड प्रदान गर्दै आइरहेको छ। यस्तै सोही कार्यक्रममा नेपाल, फिलिपिन्स, अफगानिस्तान, श्रीलंका, पाकिस्तान, म्यानमार, इन्डोनेसियाबाट बिजेता संस्था र अभियन्ताहरुलाई पनि अवार्ड वितरण गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.