|

काठमाडौं : ५ नम्बर प्रदेश टुक्राएर सरकारले संविधान संशोधन प्रस्ताव विधेयक संसदमा दर्ता गरेको विरोधमा बुधबारदेखि अर्घाखाँचीमा अनिश्चितकालिन बन्द आव्हान गरिएको छ। 

कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा लगायतका राजनीतिक दलको समर्थनमा उद्योग वाणिज्य संघले बन्द गरेको हो। बिहानैदेखि छोटो तथा लामो दुरीमा चल्ने गाडी ठप्प छन् भने पसल, उद्योग, कलकारखना, स्कुल क्याम्पस सबै बन्द भएका छन्। 

संघका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले जनताको भावना विपरित सरकारले ५ नम्बर प्रदेशका पहाडी जिल्ला लाई ४ नम्बर प्रदेशमा राखेकाले प्रस्ताव फिर्ता नलिएसम्म बन्द जारी रहने बताए। बिहानैदेखि व्यापारी, राजनीतिक दलका नेता र सर्वसाधारण सडकमा उत्रिए विरोध प्रदर्शन गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.