|

यूईएफए युरोपा लीग फुटबल अन्तर्गत बिहिबार राति भएको खेलमा इंग्लिस क्लब चेल्सीले क्वार्टरफाइनल सम्भावना बलियो बनाउँदा अर्को इंग्लिस क्लब आर्सनल भने पराजित भएको छ। अन्तिम १६ मा पहिलो लेग अन्तर्गत चेल्सीले युक्रेनी क्लब डायनामो किभमाथि सहज जित निकाल्दा आर्सनल फ्रेन्च क्लब रेनससँग स्तब्ध भयो।

प्रि–क्वाटरफाइनलको पहिलो लेगमा चेल्सीले ३–० को जीत निकाल्ने क्रममा सुरुवातबाटै आक्रामक बनेको थियो। घरेलु मैदान स्टामफोर्ड ब्रिजमा चेल्सीलाई जित दिलाउन पेड्रो रोड्रिग्वेज, विलियन र क्यालम हड्सनले समान १–१ गोल गरे। एकपक्षीय खेलमा चेल्सीले १७औँ मिनेटमा पेड्रो रोड्रिग्वेजको गोलबाट अग्रता बनायो।
पहिलो हाफमा १–० को अग्रता बनाएको चेल्सीले दोस्रो हाफमा थप २ गोल गर्न सफल भयो।

६५औं मिनेटमा विलियनले आकर्षक फ्रि किकमार्फत चेल्सीको अग्रता दोब्बर बनायो। रुवेन लफटस चिकलाई लडाएपछि प्राप्त फ्रि किकमा विलियनको प्रहारलाई डायानामोका गोलरक्षक डेनी बोयोकोले रोक्ने कुनै मौका पाएनन्। तेस्रो गोल ९०औँ मिनेटमा वैकल्पिक खेलाडीको रूपमा मैदान छिरेका हड्सन ओडोईले सम्भव बनाए। कलुम ७८औं मिनेटमा विलियनको मैदानमा छिरेको थिए।

आर्सनललाई झट्का

इन्ग्लिस क्लब आर्सनल युरोपा लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा पराजित हुँदा संकट थपिएको छ। आर्सनल फ्रेन्च क्लब रेनससँग पहिलो लेगमा ३–१ गोलले स्तब्ध भयो। घरेलु मैदानमा रेनसले चेल्सीको सुरुवाती अग्रता उल्टाएर जित निकाल्यो। रेनसलाई जित दिलाउन बेन्जामिन र इसमिला सार्रले एक एक गोल गरे।

चौंथो मिनेटमा इओबीको गोलबाट आर्सनलले सुरुवाती अग्रता बनाएको थियो। खेलको ४१ औँ मिनेटमा सोक्राटिसले रातो कार्ड पाउँदा आर्सनल १० खेलाडीमा समेटिएको थियो। लगत्तै ४२ औँ मिनेटमा बेन्जामिनको गोलबाट घरेलु टोली खेलमा फर्कियो। खेलको ६५ औं मिनेटमा नाचोले आत्मघाती गोल गर्दा रेनस २–१ ले अघि रह्यो। त्यसपछि खेलको ८८ औँ मिनेटमा इसमिलाले गोल गर्दै रेनसलाई ३–१ को सहज जित दिलाए। हारसँगै आर्सनलको क्वार्टरफाइनल यात्रा कठिन देखिएको छ। अब आर्सनललाई घरेलु मैदानमा हुने दोस्रो लेगमा फराकिलो जित निकाल्नु पर्ने भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.