|

दाङ : टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ। दाङ घोराही उपमहानगरपालिका ४ सवारीपुरस्थित घोराहीबाट कमिरेचौरतर्फ जाँदै गरेको रा ३ प ३३७५ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको रा १ ख ८९० नंको टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो।

शुक्रबार साढे ४ बजेतिर भएको उक्त घटनामा परि मोटरसाइकल चालक दाङ बंगलाचुली गाउँपालिका ३ निवासी ५६ वर्षीय ठाकुरप्रसाद महराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ। ठक्करबाट गम्भीर घाइते भएका महराको उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही ल्याउँदै गर्दा बाटो मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले बताए।

महराको शवलाई सोही अस्पतालमा राखिएको छ। त्यस्तै मोटरसाइकलमा पछाडि सवार रहेका सोही ठाउँका ३६ वर्षीय कमलाल पौडेल भने सामान्य घाइते भएका छन्। टिपर चालक फरार रहेको र खोज तलास जारी रहेको प्रहरीले बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.