|

नवलपरासी : चिनीमिल ढिलो संचालनमा आउँदा मर्कामा परेका पश्चिम नवलपरासीका उखु किसान थप समस्यामा परेका छन्। ढिलो गरी संचालनमा आएका चिनीमिलहरु बन्द हुन थालेपछि किसान चिन्तित भएका हुन्। 

पश्चिम नवलपरासीको सुनवलमा रहेको लुम्विनी चिनी उद्योगले सुचना प्रकासन गरेर फागुन महिनाको अन्त्यदेखि मिल बन्द हुने जनाएको छ। उद्योगले किसानको उखु खरिद गर्न नसने जनाएपछि किसानलाई उखु खेतमै सुक्ने चिन्ताले सताएको हो। उद्योगले मेसिनमा समस्या देखिएको र कामदार अभावको कारण देखाएर मिल संचालन गर्न नसकने उद्योगले जारी गरेको सूचनामा उल्लेख गरिएको छ। किसानले ल्याएको उखु वासी भएको, झार, माटो भएकोले प्रोसेस संचालनमा कठिनाई भएको र उत्पादनको तुलनामा लागत बढी हुँदा मिल संचालन गर्न नसकिने बताइएको हो।

लुम्विनी चिनी उद्योग बन्द भएपछि त्यसको भार बागमती सुगर मिल र इन्दिरा सुगर मिलमा पर्ने देखिएको छ। गत वर्ष पनि लुम्विनी चिनी उद्योग बन्द भएपछि बागमती सुगर मिलले किसानको उखु उठाएको थियो। संचालनमा रहेका बागमती र इन्दिरा सुगर मिल पनि संचालनको समयमा पटक पट समस्या आउने गरेको छ। जिल्लामा करिव २० लाखदेखि २५ लाख क्विन्टलको हाराहारीमा उखु उत्पादन हुने गर्दछ। 

चिनी उद्योग संचालनमा ढिलाई भएपछि अहिलेसम्म करिव ५ देखि ६ लाख क्विन्टल मात्र उखु क्रसिङ भएको उखु किसान लख्खु यादवले बताए। संचालनमा रहेको बागमती र इन्दिरा सुगर मिलले पनि घाटाको कारण देखाएर उद्योग बन्द हुने अवस्था आए किसानको उखु खेतमै जलाउनुपर्ने अवस्था सिर्जना हुने यादवले दुखेसो पोखे। मिल संचालक हरुको सिन्डिकेटका कारण किसान मर्कामा पर्दा समेत राज्यले ठोस कदम चाल्न नसकेको उखु किसान पिटर गुप्ताले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.