|

काठमाडौंः नेपाल कम्युनिष्ट पार्टीका नेता भीम रावलले सिके राउतसंग गरिएको सम्झौताबारे सरकारले जनताले बुझ्ने भाषामा स्पष्ट पार्नुपर्ने बताएका छन्।

शनिबार रिपोर्टस क्लबको साक्षात्कारमा उनले सम्झौतामा लेखिएको भाषा र राष्ट्रियसभा गृहमा राउतले दिएको अभिव्यक्ति विवादास्पद भएकाले त्यसबारे सरकारले स्पष्ट पार्नुपर्ने माग गरे। उनले राउतसंगको सहमतिका बारेमा पार्टीभित्र आवश्यक छलफल नै नगरिएको भन्दै स्थायी समिति, केन्द्रीय कमिटीमा छलफलको चलाउनुपर्ने आवश्यकता औँल्याए।

राउतले राज्यद्रोहको नीति परित्याग गरेर शान्ति प्रक्रियामा अवतरण गरेको हो होइन भन्ने विषयमा पनि बहस गर्नुपर्ने तर्क नेता रावलले गरे। उनले राउतलाई सरकारले दार्शनिक बनाएको भन्दै आपत्ती जनाए।

नेता रावलले पार्टी सामुहिकतामा नभई एक वा दुई जनाको निर्देशन र चाहना अनुसार संञ्चालन भएको भन्दै असन्तुष्टी जनाए। राजद्रोहको मुद्धामा सरकारले नै कारवाही गरेको व्यक्तिलाई कुनै भुभाग जितेर आएजस्तो गरि सम्मानका साथ आकस्मिक रुपमा सार्वजनिक कार्यक्रम गरिनु अस्वभाविक भएको टिप्पणी गरे।

शसस्त्र द्धन्द्धकालिन समयका मुद्धाहरु अझै किनारा लागि नसकेको अवस्थामा राज्यले स्वतन्त्र मधेश गठबन्धनका कार्यकर्तामाथि लागेका सबै मुद्धामा छुट दिन नमिल्ने तर्क उनले गरे। सरकार र राउतसंग भएको सहमतिले राष्ट्रिय स्वतन्त्रको हित विपरित भएको भन्दै उनले त्यसले कुनै पनि समय ठुलो राष्ट र राष्टियतालाई ठूलो आघात पूर्याउने दाबी गरे।

सरकारले राउतसंग गरेको सहमतिको सत्तारुढ दल नेकपाको शिर्ष तहमा नै असन्तुष्टी देखिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.