|

काभ्रे: भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले आरक्षणको व्यवस्था लामो समय नरहने बताएकी छन्। अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा शनिबार काभ्रेमा गरिएको कार्यक्रममा उनले क्षेमता अभिवृद्धतर्फ लाग्नु पर्ने बताएकी हुन्। 

अहिले पाएको आरक्षण र सहुलियतको प्रयोग गरी भोलिको लागि सक्षम हुनको लागि उनले महिलालाई पनि आग्रह गरेकी छन्।  ‘सधैं आरक्षणको व्यवस्था हुँदैन।अब खुला प्रतिस्पर्धामा महिलाले आफ्नो सामर्थ्य र क्षमताको विकास गर्नुपर्छ। त्यसको तयारी अहिलेदेखि नै गर्नुहाेस्’, मन्त्री अर्यालले भनिन्।

मन्त्री अर्यालले अबको महिला आन्दोलन आर्थिक सशक्तिकरणमा केन्द्रीत हुनु पर्ने बताएकी छन्। आर्थिक अवस्था सुधारका निम्ती सीप सिकाउने, उत्पादनमा जोड्ने, उद्यमशिलतातर्फ लाग्न महिलालाई मन्त्री अर्यालको आग्रह थियो।

मन्त्री अर्यालले तीन तहका सरकारको समन्वयात्मक भूमिकाले मात्रै मुलुक अगाडि बढ्न सक्ने भन्दै उनले ‘सुखी नेपाली र समृद्ध नेपाल' बनाउनका निम्ती यी तिनै तहको समन्वयबिना सम्भव नरहेको बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.