|

बैतडी : ग्रेडरले ठक्करले विद्यार्थीको मृत्यु भएपछि दोषीमाथि कारवाही र पीडित परिवारलाई क्षतिपूर्तिको माग गर्दै आइतबार पाटन बजारमा प्रदर्शन गरेका छन्। 

मृतकका आफन्त र विद्यार्थीहरुले आइतबार पाटन बजार बन्द गरी दशरथचन्द राजमार्ग अवरुद्ध गरेका छन्। पाटन बजारको चोकचोकमा टायर बाल्नुका साथै दोषीमाथी कडा कारवाहीको  माग गर्दै नाराबाजी गरिरहेका छन्। राजमार्ग अवरुद्ध भएपछि लामो तथा छोटो दूरीका सवारी साधन सञ्चालनमा आएका छैनन्। सवारी साधान अवरुद्ध भएपछि यात्रुहरु बीच बाटोमै अलपत्र परेका छन्।

शनिवार अपराह्न ५ बजे पाटनस्थित भीमदत्त पोलिटेक्निल इन्स्च्यिुटमा अध्ययनरत पाटन नगरपालिका–२ का १९ वर्षीय पूर्णानन्द पाण्डेयको ग्रेडरले ठक्कर दिँदा मृत्यु भएको थियो।

बजार क्षेत्रमा तीव्र गतिमा गुडिरहेको ग्रेडरले अनियन्त्रित भई विमानस्थल लाइनमा पैदल हिँडिरहेका पाण्डेयलाई ठक्कर दिएको थियो। पाण्डेयको घटनास्थलमै मृत्यु भएको थियो। ग्रेडर चालक  रतन बुढा फरार रहेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक गिन्द्र बोगटीले जानकारी दिए। 

चालकको शनिवार बेलुकादेखि नै खोजी कार्य भइरहे पनि फेला नपरेको प्रहरी निरीक्षक बोगटीले बताए। ग्रेडर पाटन विमानस्थल कालोपत्रे गर्ने जिम्मा पाएको निर्माण कम्पनीले प्रयोग गरिरहेको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.