|

काठमाडौंः नेपालको कुनै एक ठाउँबाट अर्को ठाउँमा बसाइँ सरेका नेपाली नागरिकले हालको ठेगानाबाट पनि नागरिकता पाउने भएका छन्।

‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ मा नेपालको कुनै एक ठाउँबाट अर्को ठाउँमा बसाईँ सरेका नागरिकले हालको ठेगानाबाट पनि नागरिकता पाउने व्यवस्था गरिएको हो।

पुरानो नागरिकता खिची नयाँ ठेगानाबाट स्थानीय प्रशासनले नागरिकता दिने व्यवस्था विधेयकमा गरिएको संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति शशी श्रेष्ठले जानकारी दिइन्।

समितिको आइतबारको बैठकमा विधेयकमाथिको छलफलमा भाग लिँदै समितिका सदस्यहरुले तेस्रो लिंगीले पनि नागरिक पाउनुपर्ने व्यवस्था ऐनमै गर्न सरकारसँग माग गरेका थिए। समितिका सदस्य जनार्दन शर्माले तेस्रो लिंगीलाई नागरिकता पाउने व्यवस्था ऐनमै गर्नुपर्ने बताए।

उनले तेस्रो लिंगी  रहर नभई बाध्यता भएको उल्लेख गर्देैै त्यसका लागि नागरिकता दिने कानुनी व्यवस्था गर्नुपर्ने माग गरे।

यता, गृह सचिव प्रेमकुमार राईले भने तेस्रो लिंगीलाई चिकित्सकहरुले प्रमाणित गरेपछि मात्रै नागरिकता दिने व्यवस्था गर्ने स्पष्ट पारे। उनले प्रमाणित नभई तेस्रो लिंगी भन्न नमिल्ने भएकाले चिकित्सकहरुले उनीहरुलाई प्रमाणित गरेपछि मात्रै नागरिक दिने व्यवस्था गर्न लागिएको बताए।

विधेयकमा तेस्रो लिंगीलाई पनि नागरिकता दिने व्यवस्था गरिए पनि उनीहरु तेस्रो लिंगी भए/नभएको छुटट्याउने आधार पेश गरिएको छैन। सचिव राईले तेस्रो लिंगीलाई नागरिकता दिँदा उनीहरु तेस्रो लिंगी हुन÷होइनन् भन्ने प्रमाण आवश्यक हुने पनि स्पष्ट पारे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.