|

काठमाडौं : हाम्रो पात्रोले मेगा अपडेटअन्तर्गत ७ दिनमा ७ विशेषता लिइएर आएको छ। नेपालीहरूको दैनिकीलाई सहज बनाउने उद्देश्यले विगत १० वर्षदेखि सञ्चालित हाम्रो पात्रोले नयाँ अपडेट लिएर आएको हो।

समयानुसार फरक सुविधा, नवीन प्रविधियुक्त अपडेट गर्दै आएको हाम्रो पात्रोका संस्थापक तथा परिकल्पनाकार शंकर उप्रेतीले बताए। 'हाम्रो पात्रो एउटा पात्रोमा मात्र सीमित नरहेर, हरेक नेपालीको दैनिकी सहज बनाउने सहयात्री भएको छ। हाम्रो पात्रो नेपाली एप्सहरूको पंक्तिमा सर्वाधिक ठूलो परिवार भएकोमा गर्व लाग्छ', उनले भने।

यस्तो छ हाम्रो पात्रोले सार्वजनिक गरेको मेगा अपडेटको विशेषताहरू :

स्थानीय भाषा

हाम्रो पात्रो अब नेपाल, मैथिली र भोजपुरी भाषामा पनि उपलब्ध भएको छ। साथै भाषा परिवर्तन गर्न सकिने भएको छ। नेपाली तथा अंग्रेजी भाषामा मात्र यसअघि प्रयोग गर्न सकिने हाम्रो पात्रोले आफ्नो भाषाको दायरालाई थप फराकिलो बनाएको हो। नयाँ अपडेटमा भाषाअनुसारका तीथि मितिबारे जानकारी प्राप्त गर्न सक्ने हाम्रो पात्रोले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

दिन तथा रात थिम

प्रयोग सहजतामा प्रभावकारी लाइट, डार्क र अटो थिम नयाँ अपडेटको विशेषता हो। अब हाम्रो पात्रोको नेपथ्यका रंग र प्रकाश परावर्तनको अनुपातका आधारमा प्रयोगकर्ताले आफूलाई आवश्यक थिम रोज्न सक्नेछन्।

हाम्रो भिडियो

विविध भिडियो वर्ग (क्याटोगरी) अनुसार भिडियो हेर्ने सुविधासहित भिडियोको नयाँ डिजाईजन राखिएको हाम्रो पात्रोले जनाएको छ। यूट्युबमा विभिन्न श्रोतका आधिकारीक र जानकारीमूलक भिडियो क्याटोगरीअनुसार समाचार, गीत संगीत, रियालिटी शो, चलचित्र, विज्ञान, तथा अन्य विधाका रोचक भिडियोहरू हाम्रो भिडियोमा समावेश गरिएको छ।

नोट टिपोट

हाम्रो पात्रो मेगा रिलिजको अत्यन्त महत्वपूर्ण फिचर हो नोट टिपोट। आफ्ना अनेकानेक कार्यक्रमको तालिका मिलाउन र गर्नुपर्ने कामहरू सम्झिन हाम्रो पात्रोद्वारा सार्वजनिक हाम्रो नोट टिपोटको सुविधा अब व्यक्तिगतरुपमा गर्न सकिने छ। यो सुविधा प्रयोग गर्नका लागि हाम्रो पात्रो लग-ईन गरेको हुनुपर्छ र यो लग-ईन अत्यन्त सहज छ। छेउको मुख्य मेनुमा गएर या नोट्स एड गर्दा पनि लग-ईन अप्शन देख्न सकिन्छ, आफ्नो साबिकको फेसबुक, ट्विटर या जीमेल अकाउण्टबाट सजिलै लग-ईन गर्न सकिने हाम्रो पात्रोले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

समाचार सर्च तथा ट्रेण्डिङ समाचार

हाम्रो पात्रोका अनुसार मेगा अपडेटको अर्को राम्रो विशेषता भनेको सर्च र ट्रेन्डिङ विषयको सुविधा हो। आफ्नो इच्छाअनुसारको विषयको सामग्री सर्च गर्न र ट्रेन्डिङका विषयहरुमा अवलोकन र अपटेडेट रहन यसले सहज बनाउँछ। सर्च गर्ने प्रभावकारी तरिकादेखि सर्च हिस्ट्रि सम्पादनसम्मको सुविधाको एप्लिकेशनले दिएको छ।

न्यूज पर्सनलाइजेशन

व्यक्तिगत रोजाई, छनोट र रुचिअनुसारका समाचार स्रोत र समाचार वर्गहरु समेटिएको पर्सनलाइजेशन सुविधा समेटेको हाम्रो पात्रोले नेपालभरीका ४० भन्दा धेरै श्रोतका समाचारहरू प्रयोगकर्तासामु पस्कँदै आएको छ। समाचार या समाचार स्रोतहरू हरेकका लागि रूचि अनुरुप र चासो अनुरुपको प्ल्याटफर्म विस्तार गर्दै समाचार पर्सनालाइजेशनको सुविधा राखेको छ। अब हाम्रो पात्रोमा आफूलाई मनपरेको समाचार स्रोत रोज्न तथा आफूलाई चाहिने समाचार वर्ग चयन गर्न सकिने छ।

दैनिक नोटिफिकेशन हिस्ट्री

हाम्रो पात्रोले पठाउने हरेक ताजा समाचारका दैनिक नोटिफिकेशनहरू हिष्ट्रिमा पछि समेत हेर्नमिल्ने सुविधा नयाँ अपडेटमा ल्याएको छ। यो सुबिधाबाट दिनहुँका नोटिफिकेशन हिस्ट्रिमा पुराना समाचारका नोटिफिकेशनहरू पनि क्रमअनुसार मोबाइलमा हेर्न सकिने छ। यसबाट देश विदेशका ताजा समाचार तथा महत्वपूर्ण जानकारीका लगायतका कुनै पनि अपडेट आफ्नो अनुकूल समयमा पढ्न सकिने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.