|

लहान :  सिरहाको लहान नगरपालिका २२ गम्हरिया गाउँमा विवाहको भोजको खाना पकाउने क्रममा मंगलबार अपराह्न ग्यास सिलिण्डर पड्किँदा आगलागी भएको छ। स्थानीय राधेश्याम चौधरीकी छोरी सुषमा चौधरीको विवाहको भोजको खाना पकाउने क्रममा सिलिण्डर पड्किएर आगलागी भएको हो।

विवाहका लागि राखिएको नगद दुई लाख, डेढ लाख मूल्यको फर्निचर, गरगहनालगायत आठ लाख रुपैयाँ मूल्यको सरसमान जलेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ। 

यस्तै चौधरीका छिमेकी बालकृष्ण चौधरी, दुखी चौधरीको एक\एक घर, सुनचाँदी, नगद तथा खाद्यान्न गरी करिब १७ लाख ७० हजार बराबरको धनमाल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक विजय यादवले बताए।  मानवीय क्षति भने नभएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक विजय यादवले बताए। 

आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी र लहान नगरपालिकाबाट गएको वारुणयन्त्र तथा स्थानीय बासिन्दाको सहयोगमा निभाइएको थियो। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.