यस्तो छ पहिलो दिनको खेल तालिका

|

धनगढी : कैलालीको धनगढीमा बुधबारबाट प्रथम मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगिता २०७५ सुरु भएको छ। पहिलो दिन बुधबार महिला र पुरुष दुवैको क्रिकेट प्रतियोगिता हुने छ। आजै पुरुष फुटबल प्रतियोगिता पनि हुने आयोजकले जनाएको छ। पहिलो खेल बिहान ९ बजे सुरु हुने छ। क्रिकेट तर्फ कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश पहिलो खेलमा आम्नेसाम्ने हुने छन्। दोस्रो खेलमा २ बजे रहने छ। त्यसमा प्रदेश १ र प्रदेश ५ ले प्रतिस्पर्धा गर्ने छन्।

एउटै समयमा महिला खेल धनगढीको सङ्घीय प्रहरी इकाइको खेलमैदानमा हुने छ भने पुरुषको फाप्ला क्रिकेट मैदानमा हुने जनाइएको छ। फुटबल तर्फ आज पहिलो दिन ३ वटा खेलहरू रहेका छन्। पहिलो खेल बिहान ९ बजे प्रदेश नम्बर १ र प्रदेश नम्बर ५ बिच हुने छ भने दोस्रो खेल १ बजे प्रदेश २ र गण्डकी प्रदेश बिच हुने छ। तेस्रो खेलमा ३ बजे सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशले प्रतिस्पर्धा गर्ने छन्। फुटबल धनगढी रङ्गशालामा हुने छ। प्रतियोगितामा फुटबल र क्रिकेटसँगै ब्याडम्यान्टिन र भलिबल पनि समावेश गरिएको छ। ती खेहरु भोलिबाट खेलाइने सामाजिक विकास मन्त्रालयले जनाएको छ।

सुदूरपश्चिम सरकारले पहिलो पटक आयोजना गरेको प्रतियोगिता सञ्चालन गर्न २ करोड रकम विनियोजन गरेको छ। प्रथमलाई १५ लाख, दृतियलाई ८ लाख, तृत्यलाई ५ लाख सहित ट्रफि, मेडल र प्रमाण पत्रको व्यवस्था गरिएको छ। प्रतियोगितामा प्रत्येक स्वर्ण पदक विजेतालाई १०—१० हजार पुरस्कारको व्यवस्था गरिएको आयोजक सामाजिक विकास मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.