विश्व

बोइङ ७३७ विमानलाई भारतीय हावइक्षेत्र प्रवेशमा प्रतिबन्ध
SHARES

फागुन २९, २०७५

    बोइङ ७३७ म्याक्सलाई भारत सरकारले प्रतिबन्ध लगाएको छ। भारत सरकारको नगर विमान मन्त्रालयले भारतीय हवाइ क्षेत्रमा बोइङ ७३७ लाई प्रवेशमा प्रतिबन्ध लगाएको हो।

    नगर विमान मन्त्रालयले सामाजिक संजाल ट्विटरमा लेखेको छ, 'आज साँझ ४ बजेपछि भारतीय हवाइ क्षेत्रमा कुनै पनि बोइङ ७३७ म्याक्स विमानलाई प्रवेश गर्न अनुमती दिइने छैन।'

    भारतमा यसअघि नै यात्रुको सुरक्षाको लागि भन्दै सबै बोइङ ७३७ म्याक्सको उडानमा प्रतिबन्ध लगाएको थियो।

     भारतले देत्रभित्र उडान भर्ने र बाहिरबाट भारतमा प्रवेश गर्ने बोइङ ७३७ विमानमा प्रतिबन्ध मात्रै लगाएको होइन कि भारतीय वायु क्षेत्र भएर अर्को देशमा जाने उक्त विमानलाई पनि प्रतिबन्ध लगाएको हो।

    इथियोपियन एयरलाइन्सको ७३७ विमान दुर्घटना भएको थियो। उक्त विमान दुर्घटनामा १५७ जनाको मृत्यु भएको थियो।

    त्यसपछि बेलायत, चीन, मलेसियालगायत दर्जनौं देशले उक्त विमानलाई प्रतिबन्ध लगाएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]