|

हेटौँडा : मकवानपुरको हेटौँडामा आयोजित राष्ट्रिय औद्योगिक व्यापार मेलाका अवसरमा आयोजना गरिएको गायन प्रतियोगिता हेटौँडा आइडलको नतिजा सार्वजनिक भएको छ।

बुधबार सार्वजनिक भएको नतिजाअनुसार फाइनलमा पुगेका सुशन शाह ठकुरी, विजय लामा, सुशल तामाङ र भुवन घलानलाई पछि पार्दै हेटौँडा आइडलको उपाधि दीपक कालिराजले जितेका हुन्। त्यस्तै विजय लामा द्वितीय भएका छन् भने सुशन शाही ठकुरी तृतीय भएका छन्। आइडल जितेसँगै कालिराजले नगद ३५ हजारसहित ५ हजार बराबरको चन्द्रागिरी केबलकार टिकेट प्राप्त गरेका छन्। साथै उनले वोन ट्राभल्सको तर्फबाट युएई (दुबाई) आउने जाने टिकटका साथै लक्ष्मी टेक्नोप्लाष्टको तर्फबाट कफी टेवल एक सेट र भिसिरिज सरफको तर्फबाट आकर्षक पुरस्कारसमेत प्राप्त गरेका छन्।

त्यस्तै द्वितीय भएका विजय लामाले नगद २५ हजारसहित ५ हजार बराबरको चन्द्रागिरी केबलकार टिकेट प्राप्त गरेका छन् भने तृतीय भएका सुसन शाही ठकुरीले नगद १५ हजारसहित ५ हजार बराबरको चन्द्रागिरी केबलकार टिकेट प्राप्त गर्ने गरेका छन्। साथै उनीहरूले मेलामा भएका स्टलहरूबाट समेत विविध पुरस्कारहरू प्राप्त गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.