|

धनगढीः धनगढीमा जारी मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुदअन्तर्गत पुरुष तर्फको क्रिकेटमा बिहीबार हार बेहोर्दै कर्णाली प्रदेश र प्रदेश ५ प्रतियोगिताबाट बाहिरिएको छन्।

दुवै टोली लगातार दुई खेलमा हार व्यहोर्दै बाहिरिएका हुन्। बिहीबारको पहिलो खेलमा प्रदेश ४ सँग ५६ रनले पराजित हुँदै प्रदेश ५ प्रतियोगिताबाट बाहिरिएको हो। दोस्रो खेलमा प्रदेश २ सँग ८ विकेटले पराजित हुँदै कर्णाली प्रदेश प्रतियोगिताबाट बाहिरियो।

संघीय प्रहरी कार्यालयको खेल मैदानमा भइरहेका महिला क्रिकेट अन्तर्गतका खेलहरूमा प्रदेश ३ र प्रदेश ५ विजयी भएका छन्। पहिलो खेलमा प्रदेश ३ ले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो।  दोस्रो खेलमा  प्रदेश ५ ले प्रदेश २ लाई १५ रनले हराएको हो।

पुरुष फुटबल प्रतियोगिताअन्तर्गत प्रदेश १ र प्रदेश २ सेमिफाइनलमा पुगेका छन्। दुवै प्रदेश लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल पुगेका हुन्। पहिलो खेलमा प्रदेश नम्बर १ ले गण्डकी प्रदेशलाई १–० ले हरायो।

बिहीबार नै भएको दोस्रो खेलमा प्रदेश २ ले प्रदेश ५ लाई १–० ले किनारा लगाएको थियो। बुधबारबाट सुरु भएको प्रतियोगिताको उद्घाटन शुक्रबार प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले गर्नेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.